पृष्ठभूमि

सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा वि स मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ (जनगणना २०६८) छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकाेमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धाेषणा भएकाे हाे । लमजुङ जिल्लाका चार नगरपालिका मध्य सुन्दरबजार नगरपालिका दक्षिण भागमा अवस्थित नगरपालिका हो । नेपाल सरकारको निर्णय अनुसार वि.सं. २०७१ मंसिर १६ गते सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडा र कुन्छा ५ गा.वि.स. मिलाएर यो नगरपालिका बनेको थियो । यसमा पुनः २०७३ मा दुराडाँडा, चन्द्रेश्वर, धुसेनी र सिन्दर गरी चार गा.वि.स. मिलाउने काम भयो । यस नगरपालिकाको पूर्वमा दोर्दी गाउँपालिका राइनास नगरपालिका, पश्चिममा मध्यनेपाल, उत्तरमा बेसिशहर, दक्षिणमा तनहुँको भान नगरपालिकाले घेरिएको छ भने केहि भाग तनहुँको व्यास नगरपालिकासँग जोडिएको छ । सुन्दरबजार नगरपालिकाको क्षेत्रफल ७२.०५ वर्ग किलोमिटर छ । यो नगरपालिकामा ११ वडाहरु रहेका छन् । यहाँ हालको जनसंख्या २६,०८६ छ । यो नगरपालिका पूर्व-पश्चिम लाम्चो जाकारमा रहेको छ । यसको भूवनोट करिव ५०० मिटर पाउँदी बजारदेखि उत्तरमा १५०६ मिटर मूलकोटसम्मको उचाईमा फैलिएको छ । नगरपालिकाको कार्यालय वडा नं. ६ सुन्दरबजारमा रहेको छ । यहाँ घले राजा रशाहवंशीय २४ से राजाहरुको पालादेखिका ऐतिहासिक कोट, गडी, मठ, मन्दिर आदि रहि नाएका छन् । तार्कुकोट, तुर्लुडकोट, वजारकोट, कुन्छागडी यहाँका ऐतिहासिक ठाउँहरु हुन् । यी ठाउँबाट विभिन्न मनमोहक प्राकृतिक दृश्यहरुको अबलोकन गर्न सकिन्छ । यहाँको मुख्य धर्म हिन्द हो । अकलामाई, भागिरथी, लक्ष्मीनारायण, मनकामना, चण्डी देवीस्थान, सिद्देश्वर जस्ता मन्दिरहरु, कर्मसम्पालिङ, समता, साड्दोपोल्री जस्ता बौद्ध गुम्वाहरु चर्च, मस्जिद यहाँका प्रसिद्ध धार्मिक स्थलहरु हुन् । मस्यांदी, मिदिम पाउँदी, नाउँदी र किरिन्चे यहाँका प्रसिद्ध नदी र खोलाहर हुन् । यी नदी र खोलाहरुमा मोटरेवल र झलङ्गे पुलहरु निर्माण भएका छन् । हॉडेटार,वरेटार, ताकुंटार, कुमालटार वेसीका समतल भागहरु हुन् । मस्र्याङ्दी, पाउँदी, नाउँदी किनाराका फाँट यहाँका अन्नभण्डार हुन् । हाँडेटार जल उपभोक्ता प्रणाली, किरिन्चे-काँडाबोटे-सेराफाँट, भाटवेशी, पाउँदी-घारबिडी बतासे, लामिखेत कुलो यहाँका सिंचाई आयोजना हुन् । सुन्दरबजार नगरपालिकामा भएको ५४२४ हेक्टर जग्गा मध्य खेत २०४५ हेक्टर, पाखो १९३१ हेक्टर, गौचरण १६७ हेक्टर र जगल १२७६ हेक्टर रहेका छन् । यहाँ गाउँले किसानहरु धान, मकै, गहुँ, कोदो आदि अन्नवालीको खेती गर्दछन् । फलफूलमा अम्वा, लिची, जाँप, केरा, मेवा, कटहर, भुईकटहर आदिको खेती गरिन्छ । सुन्दरबजार क्षेत्रको कृषि व्यवसायमा सुधार ल्याउन नमूनाका रुपमा दुराडाँडामा आरभा नेपाल नामक मोडर्न एग्रीकल्चर फर्म संचालनमा छ । त्यसै गरी कुन्छामा हिकुंस एग्रो फर्मको नामबाट कृषि फर्म संचालन गरिएको छ । यस नगरपालिका वडा नं ५ को गहते र वागेडाँडालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँ अर्गानिक तरकारी खेतीहरु आलु, काउली, टमाटर र कागती, कफी आदि खेती गरिएको छ । केही युवाहरु पशु, कुखुरा, माहूरीपालन र व्यापार व्यवसाबमा सक्रिय भएको देखिन्छ । केहि नोकरीमा सलग्न छन् । यहाँ बैकिङ्ग तथा वित्तीय सेवाहरु पत्नि उपलब्ध छन् । सुन्दरबजार र भोटेओडार यस नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र हुन् । सुन्दरबजारको सिउँडीबारमा ७० मेगाहर्जको मध्य मस्र्याङ्‌दी हाइड्रोपावर संचालनमा छ । सचारका लागि रेडियो भोटेओडार ५०.८ फ्रिक्वीन्सीमा संचालन मै रहेको छ । सुन्दरबजारबाट लमजुङ पत्र साप्ताहिक समाचार पत्र प्रकाशित हुने गरेको छ । शैक्षिक संस्थाहरुमा तरकारी तवरबाट कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस, सामुदाविकप्रयासमा मातृभूमि, भक्ति आदर्श र सर्वोदय क्याम्पसले उच्च शिक्षा प्रदान गरिरहेका छन् । सामुदायिकविद्यालयहरु १३ र निजी माध्यमिक विद्यालयहरु ६ ओटामा नियमित पढाइ संचालन भै रहेको छ । लमजुङका उत्कृष्ट सामुदायिकर निजी विद्यालयहरु यसै नगरपालिकामा रहेका छन् ।

Read More  

वडाहरु

११

घरधुरी

६०४२

जनसंख्या

२७९७०

पुरुष जनसंख्या

१४२२४

महिला जनसंख्या

१३७४४

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

७२.०३
भौगोलिग विवरण
  • पुरुष ११४५
  • महिला ११०२
  • ( जम्मा ) २२४७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १९६७
  • महिला १८४२
  • ( जम्मा ) ३८०९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११३०
  • महिला १०९७
  • ( जम्मा ) २२२८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ८५८
  • महिला ८०४
  • ( जम्मा ) १६६२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०६१
  • महिला ९६०
  • ( जम्मा ) २०२१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८५८
  • महिला १८३७
  • ( जम्मा ) ३६९६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७०३
  • महिला १६४८
  • ( जम्मा ) ३३५१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ८५४
  • महिला ८३३
  • ( जम्मा ) १६८७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २४४३
  • महिला २४०८
  • ( जम्मा ) ४८५१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६४५
  • महिला ५९३
  • ( जम्मा ) १२३८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६०५
  • महिला ६५२
  • ( जम्मा ) १२५७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ६३११
ब्यापार ११०७
बैदेशिक रोजगारी १९०२
सरकारी नोकरी १००३
शिक्षक ५५९
गैर सरकारी जागिर / नोकरी ८०५
ज्याल मजदुर ३२८
यातायात मजदुर १८१
ओधोगिक मजदूर २९
उद्यमी १६
स्वरोजगार ६१६
बेरोजगार १२२५
गृहणी ४७६८
विद्यार्थी ४८३६
राजनीति सदस्य ५४

नक्शा