२.१ ऐतिहासिक पहिचान नामांकन
१.१ सुत्केरीले गाढेको ढुङ्गा ऐतिहासिक महत्व बोकेको सुत्केरीले गाढेको ढुङ्गा जिल्लाको पुरानो सदरमुकाम नजिकै कुन्छामा रहेकोछ । प्रचलित किम्बदन्ती अनुसार यस ठाउँमा मध्यकालीन कुनै समयमा एक बटुवा महिला यहि आएर सुत्केरी भएको र तिनै महिलाले सोही ठाँउको झुपडीमा आश्रय लिई नजिकै रहेको फराकिलो ढुङ्गामा बच्चा र आफ्ना कपडा सुकाउने गरेको र केही दिन पछि खाडल खनि सोही फराकिलो ढुङ्गा ठड्याएर राखेको हुनाले सुत्केरीले गाडेको ढुङ्गा छ । १.२ ऐतिहासिक महत्व बोकेको वडाकाजी अमंर सिंह थापाको पौवा कुन्छा भज्याङ्गमा भिमसेन थापा नेपालको प्रधान मन्त्री भएपछि वि.स.१८६४ सालमा वडाकाजी अमंर सिंह थापाले नेपाल एकिकरणको क्रममा पश्चिम किल्ला काँकडा जितेर फर्कदा ३ तले पौवा (धर्मशाला) निर्माण गराएको भन्ने अभिलेख छ । चाँपको एउटै रुखबाट निर्मित ३ तले यस पौवामा नेपालमा ३५ जिल्लामा राजनैतिक बिभाजन भई राज्य संचालन हुदाँको बखत कुन्छा अड्डा थियो । २०२८ साल पूर्व लमजुङ जिल्लाको सदरमुकाम रहदाँ जिल्ला प्रशासन कार्यालय, त्यसपछि कुन्छा गाउँ विकास समितिको कार्यालय र हाल सुन्दरबजार नगरपालिकाको वडा नं १ को कार्यालय रहेको छ । १.३ ज्वालादेवी ÷भागिरथी मन्दिर करिब ५०० वर्ष पुरानो यस ज्वालादेवी÷भागिरथी मन्दिरलाई नेपालको इतिहासमा मध्यकालीन समाजको पुरात्विक प्रमाणको रुपमा लिईन्छ । ठूलो पहाडको आडमा रहेको मन्दिर भित्रै पहरा सगै डुँड जस्तो भागमा जलकुण्ड रहेको छ । नदिको स्वरुप मानी गंगा भनेर भागिरथी भनिएको हो । परापुर्वकालमा ज्वालाकुण्ड भित्र ज्वाला बल्दथ्यो र सोही ज्वालामा देवीको पूर्ण आकृति देख्न सकिथ्यो । आजकल ज्वाला बलेको र देवीको स्वरुप भने देख्न सकिदैन यद्यपी जलकुण्ड भने देख्न सकिन्छ । यहाँ परापुर्वकाल देखी तिज र एकादशीका दिन बिशेष मेला लाग्ने गर्दछ । प्रत्येक चर्तुदशी, सोमवार, बुधबार र शनिबार टाढा–टाढा देखि समेत पूजा गर्न आउने गरेका छन् । १.४ कुन्छा गढी कुन्छा गढी २४ से राज्यकालको ऐतिहासिक गढी हो । यो गढीको टुप्पोमा खाडल खनेर ढुङ्गाको शिलाराखि वनाईएको सोली आकारको सुरक्षित लुक्ने ठाँउ रहेको छ । २२÷२४ से राज्य (३५ जिल्लामा राजनैतिक विभाजन भई) राज्य संचालन हुदाँको बखत कालमा सुरक्षा टोली त्यही खाडल भित्र लुकेर तलबाट शत्रु आएको संकेत पाएपछि ढुङ्गा, मुढा र घुएत्रोले शत्रु पक्षलाई आक्रमण गर्ने चलन थियो । गढी वरिपरि खाडल खनिएको हुदाँ यो किल्लामा शत्रु सजिलै प्रवेश गर्न सक्दनथे । हाल यो गढी “कालिका गढी” को नामले परिचित छ । यस मन्दिरमा चैते दशैंमा पञ्चवली सहित सामूहिक पूजा गर्ने चलन छ । २.१ देउराली देवी मन्दिर देउराली भञ्ज्याङ्गको चौबाटो किनारमा रहेको यस मन्दिरको स्थापना राजा पृथ्वी वीरविक्रम शाहदेव एवं श्री ३ चन्द्र शंसेर राणाको पालामा वि.स. १९६० तिर निर्माण भएको मानिन्छ । यस देविको मन्दिरमा हाल पाँचबटा शिला रहेका छन् । समय–समयमा यहाँ भाकल र पञ्चवली दिने साथै वडादशै र चैते दशैमा नियमित पूजा गर्ने चलन छ । २.२ डाँडाथोकी देवीस्थान मन्दिर पुरानो, ऐतिहासिक एवं धार्मिक धरोहरका रुपमा परिचित यस मन्दिरमा परम्परा देखि नै प्रत्येक शनिवार, मंगलबार साथै चैते दशमिका दिन बिशेष पूजा गरिन्छ । लामो खडेरी परेको समयमा यस मन्दिरमा पूजा गरिएमा पानि पर्ने किम्वदन्ती रहेको छ । मन्दिरमा तरवार, खुँडा, खुकुरी आदी पुराना हातहतियारहरु सुरक्षीत रुपमा रहेकाछन् । मन्दिर परिसरबाट हिमालयको दृश्यहरु अवलोकन गर्न सकिन्छ । यस मन्दिर परिसरमा पिकनिक स्थल र २ बटा पाटी निर्माण समेत गरीएको छ । २.३ मनकामना मन्दिर १६ औं शताब्दीमा सुन्दरबजार नगरपालिकाको परेवाडाँडा र हाँडेटार पूर्वपट्टी एउटा बाक्लो मगर वस्ती थियो । मगर गाउँका बासिन्दाहरुले गाउँ भन्दा केही तलबाट खानेपानीका निम्ति धारा बनाएका थिए । त्यसैलाई अहिले “मगरपानी” नामबाट चिनिन्छ । यहाँ रहेकी देवीले मनको इच्छा पुरागर्ने भएको हुदाँ मनकामना देवी भनि नियमित पूजा गर्ने गरिन्छ । यस स्थानको अभिलेख फेला नपारेको हुदाँ कहिले, कसरी र कसले स्थापना गरे भन्ने एकिन हुन सकेको छैन यद्यपी राजा द्रब्य शाहले गोरखा बिजय गरेपछि यसै मन्दिरको शिला गोरखा सम्म पु¥याई हालको मनकामना मन्दिर स्थापना गरेका हुन भनिन्छ । ३.१ खजेदुरा पार्क घले राजाले राम्रो सँग राज्य संचालन गर्न नसकेको हुदाँ तत्कालिन समयमा कास्कीका राजा कुलमण्डन खाँका छोरा राजकुमार यशोब्रम्हा शाहलाई वि.स. १५५० अषाढ १५ गते लमजुङ जिल्लाको राजा बनाउने उद्देश्यले खजे दुराले बोकी ल्याएको पाईन्छ । यसरी कास्कीबाट खजे दुराले बोकेर ल्याएका यशोब्रम्ह शाहका बंशज मध्यका पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि सिङ्गो नेपाल निर्माण गरेको इतिहास छ । लमजुङमा शाह बंशीय राज्यका संस्थापक मध्येका खजे दुराको समाधि स्थल चिहानपाटामा खजेदुराको सम्मान स्वरुप खजेदुराको पूर्ण कद्को शालिक र पार्क रहेको छ । बि.स. २०३३ साल देखि हरेक वर्ष कार्तिक २१ गते खजे स्मृति दिवश मनाईन्छ । ३.२ सनातन धर्म सेवासंघ गुरुकुल आश्रम गुरुकुल आश्रम र संस्कृत शिक्षा संचालन गर्ने उद्धेश्य राखेर २०२६ साल मार्ग २४ गते स्थापना भएको पाणिनी संस्कृत प्रधान पाठशाला लमजुङ जिल्लाको एक मात्र संस्कृत बिद्यालय हो । आर्य परम्परा अनुसार वैदीक शैलीमा आश्रम संचालन गर्न यस समितिको नाम सप्तर्षी मण्डल राखियो । यस संथाको उद्धेश्य गिता र भागवत नियमित पाठ एवं प्रवचन गर्ने र संस्कृत शिक्षालाई सहयोग पु¥याईएको छ । तत्कालीन समयमा वटुकहरु घर–घर पुगेर” भवति भवयम भिक्षां देही” भनि भिक्षा गर्न थाले आमाहरुले आ–आफ्नो गृह कोठाबाट रु १०८ द्रब्य र हरेक छाक मुठीबाट अन्न भिक्षा स्वरुप उठेको सामान अन्न पैसाबाट पठनपाठन सचालन गरिएको हो । यस संस्था संचालन गर्न पाणिनि संस्कृत माध्यमिक विद्यालय, सनातन धर्म सेवा संघ गुरुकुल आश्रम, कामधेनु गौशाला, गार्गी ज्ञानमञ्च, भागवत गितालाई नेपाली भाषामा अनुवाद गर्ने कोमलनाथको स्मृतिमा कोमल पुस्तकालय, याज्ञवल्क्य यज्ञाशाला, नन्दन उद्यान, बैद्धिक गुरुकुल आश्रम र धन्वन्तरि आयुर्वेद सेवा केन्द्र लगाएतका संस्थाहरु क्रियाशल छन् । ३.३ चन्द्रेश्वर महादेव मन्दिर सुन्दरबजार नगरपालिकामा रहेको १०० वर्ष पुरानो चन्द्रेश्वर महादेव मन्दिरको नामबाट साविक चन्द्रेश्वर गाउँ विकास समितिको नामाकरण भएको हो । ऐतिहासिक महत्व बोकेको हुादा यसको अभिलेख पुरातत्व विभाग तथा गुठी संस्थानमा रहेको छ । ३.४ धुवाउने ठाँटी सुन्दरबजार नगरपालिकाको चिहानपाटामा रहेको धुवाउने ठाँटी पृथ्वी राजमार्गको यातायात विकास अघिसम्म मनाङ तथा उत्तरी लमजुङलाई बन्दिपुर सम्म जोड्ने पैदल यात्रीका लागि आश्रय स्थल बनेको बुझिन्छ । वि.सं १९८० देखि दुराडाँडा चन्द्रेश्वरको न्यायिक सम्पादन तथा विकास निर्माणका योजना तर्जुमा गर्ने स्थानको रुपमा परिचित यो स्थललाई वि.सं २००६ सालमा स्थापित शिक्षा सदन प्राथमिक विद्यालयले संरक्षण गरी आएको छ । ४.१ हलो क्रान्ति स्थल बि.स. १९९२ मा वनारसबाट शास्त्री (स्नातक तह) पास गरि फर्केका पं. तोेयानाथ अधिकारी, लेफ्टीनेण्ट शेषकान्न अधिकारी, मुखिया हरिभक्त पौडेल लगायतको नेतृत्वमा धर्मको नाममा वढीरहेको आडम्वर, सामन्ती प्रथाबाट जनतालाई मुक्त्ति दिन, चेतना स्तर माथि उठाउन ज्ञान यज्ञ गर्ने निर्णय भए अनुसार २००३ सालमा चियानपाटा शिवालय मन्दिरमा अष्टादश महापुराण ज्ञान महायज्ञ लगाईएको थियो । दुराडाँडे ब्राहणहरुलाई हलो जोत्ने प्रेरणा यहिबाट प्रदान भएको बुझिन्छ । उनीहरुले आँफै हलो जोतेर व्यवहारिक प्रयोग २००६ साल श्रावण ११ गते गरेका थिए । सास्कृतिक क्रान्ती गर्न जातीय विभेद हटाउने, समतामूलक समाज निर्माण गर्ने उद्देश्य लिई दुराडाँडा अर्चल्यानी गाँउको बाटेगरामा हलोजोत्ने व्यवस्था मिलाए । यस अभियान सेलाउदैं गएको बिरासतलाई उत्खनन् गरी स्व. श्रीकान्त अधिकारीको नेतृत्वमा हलो क्रान्तीको नाममा उजागर गरियो । हाल प्रत्येक वर्ष साउन ११ गते हलो क्रान्ती पर्व मनाउने गरिएको छ । ४.२ बरथुम्की कोटेश्वर शिव धाम बि.स. २०५१ सालमा स्थापना भएको बरथुम्की कोटेश्वर शिव धाम योगी नरहरी नाथले कोटी होम लगाएको स्थानको रुपमा प्रख्यात छ । हाल यहाँ दैनिक रुपमा होम हुने र समय सयममा शिव पुराण, सप्ताह यज्ञ हुने हुनाले धार्मिक हिसावले महत्व बोकेको छ । दुराडाँडाको थुम्कोमा रहेको यस धामबाट अन्नपूर्ण, माछापुछ्रे जस्ता मनोरम हिमाल समेत देख्न सकिने हुनाले बाह्य तथा आन्तरीक पर्यटकको लागि आकर्षण स्थलको रुपमा समेत परिचीत छ । ५.१ मुलकोट समुन्द्रिक सतह देखि १३७० मिटरको उचाईमा रहेको मुलकोटमा शाह वंशीय राज्यकालमा धेरै टाडाबाट शत्रु प्रवेश गर्न लागेको देख्न र गाउँशहर दरबारमा तुरुन्त सूचना प्रवाह गर्न गढी निर्माण गरिएको थियो । कोटको नजिकै सुरक्षादलका सदस्यहरु लुक्ने ठाँउ सुरुङ, गुफा, वस्ने घर, चौघेरा ( चारैतिर खनिएको खाडल) आदि निर्माण भएका थिए । यहाँ मुलकोटको भग्नाबेस यद्यपी संकेतहरु देख्न सकिन्छ । यस स्थानबाट गाँउशहर, बेशिसहर, मनाङ्ग, बन्दिपुरको दृश्यावलोकन लिन सकिन्छ । ५.२ गहते कालिका देवि गहते गुरुङ गाउँको विचमा २४ से राज्यकालमा शाहावंशीय राजाले गहते कालिका देवी मन्दिर स्थापना गरेको मानिन्छ । राजाले तत्कालिन सुरक्षादल बस्ने स्थानमा नै शक्त्ति स्वरुपिणी देवीको स्थापना गरेको पाईन्छ । राजा यशोब्रम्ह शाहले मुलकोटमा सुरक्षा चौकी राखेको समयमा त्यहाँ कालिका देवीको मन्दिर स्थापना गरे । सोही बेला देखि यहाँ कालिका देवीको नित्यपूजा संचालन भएको छ । यस मन्दिरमा रहेको कालिका देवीको पुजा गरेमा मनोकामना पुरा हुने बिश्वासले स्थानीय बासिन्दाहरुले नियमित रुपमा संरक्षण र पुजाआजा गर्ने गरेको पाइन्छ । ५.३ बजारकोट बजारकोटको पुरानो नाम व्रजकोत हो । व्रजको अर्थ आकाशबाट खसेको हतियारभन्ने बुझिन्छ । प्राचिन कालमा यस टाकुरामा व्रज परेको (हतियार खसेको) थियो भन्ने लोककोत्ति पाईन्छ । कोतको अर्थ हतियार खरखजाना राख्ने ठाँउ हुन्छ । त्यसैले यस ठाँउलाई व्रजकोत भनिएकोमा पछि अपभ्रंस भएर बजारकोट नाम रहेको किम्बदन्ती पाईन्छ । चौबिसे राज्यकालमा युद्ध गर्नकालागि सुरक्षित स्थान मानि सुरक्षा चौकीको व्यवस्था गरिएको थियो । राज्यलाई आवश्यक पर्ने हतियारहरु यहि भण्डारण गरिएको थियो । दरबार र अन्यकोटहरुमा आवश्यक पर्ने हतियारहरु यहिबाट पठाईन्थ्यो । लमजुङ राज्य नेपालमा विलयन भएपछि यहाँ रहेका हतियारहरु तरवार, त्रिशुल, खुकुरी, चुपी, कटारी, भाला आदि नजिकै रहेको खड्क देवी मन्दिरमा भण्डारण गरिएको पाईन्छ । ६.१ खत्रिठाँटी खत्रि बंशका पूर्वजले बनाएको खत्रिठाँटी बि.स.१८३२ मा निर्माण भएको हो । यहाँ पुरानो शैलिका दुई र नयाँ शैलीका एक नयाँ ठाँटी रहेका छन् । एउटा ठाँटी मेजर बखान सिंह खत्रीले र अर्को ठाँटी र नजिकै रहेको चौतारी समेत जुद्धबिर खत्रीले निर्माण गरेका हुन भनिन्छ । पृथ्वी राजमार्ग निर्माण हुनुपूर्व पूर्व पश्चिम आवतजावत गर्ने बटुवाहरुको दिनमा विश्राम स्थल र साँझमा सुरक्षित बासस्थानको रुपमा प्रयोग गरिन्थ्यो । हाल यहाँ थमन सिंह खत्रीका सन्ततीले नयाँ ठाँटी निर्माण गराएका छन् । ६.२ लक्ष्मी नारायण मन्दिर वि.स. १७६८ मा चन्द्रशेखर पण्डित र लिलाधर पण्डितले बनाएको लक्ष्मी नारायणको मन्दिर ऐतिहासिक तथा प्राकृतिक दृष्टिले महत्वपुर्ण मानिन्छ । उक्त मन्दिर पिपलको बोट भित्र रहेको छ । मन्दिर परिसर करङे खोला र कालि खोला बिचमा ५२ रोपनी जग्गामा फैलिएको छ । लक्ष्मी नारायण मन्दिरको समिपमा शिवालय, सिद्धि, बुद्धि, शक्त्ति सहित श्री गणेशको मन्दिर रहेको छ । यस मन्दिर परिसर भित्र बालउद्यान र लमजुङे ठाडोभाकाका धरोहर दिर्घराज अधिकारी (भेडीखर्के साहिला) को शालीक साथै पिकनिक स्थल पनि निर्माण गरिएको छ । ६.३ शिवालयको मन्दिर वरेटार तनहुँ जिल्ला थर्पु निवासी भवानी दत्त थापा (डा. भेष बहादुर थापाका बराजु) घुम्दै हिड्ने क्रममा बरेटार आइपुगेको, वास बस्ने क्रममा वास बस्ने उपयु्क्त पौवा नभेटेकोले हाल यस मन्दिर रहेको स्थानमा पर्याप्त जग्गा देखी सो जग्गा खरिद गरी पौवा तथा मन्दिर, ढुगेंधारा समेत निर्माण गर्न लगाएका थिए । पोखरा र भक्तपुरबाट त्यस बखतका राम्रा कालीगड झिकाई पौवा र धारा निर्माण गराएका थिए । त्यसपश्चात उनीले नै सो पौवाको संरक्षण तथा शिवको मन्दिरको नियमित पुजाका लागि गिरी थरका पुजारी राख्न लगाई जग्गाबाट प्राप्त हुने बालीनालीबाट व्यवस्थापन गर्न लगाएका थिए । ंकालन्तरमा बजार बिस्तार भएपछि स्थापित आदर्श बाल माध्यमिक बिद्यालयलाई सोही जग्गा मध्येबाट केही जग्गा कमाई खाने गरी दिएको पाइन्छ । ७.१ लमजुङ कृषि क्याम्पस कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजु«ङ क्याम्पस वि.स. २०३२ सालमा सुन्दरबजार नगरपालिका वडा नं.७ मा स्थापना भएको हो । यस क्याम्पसको उद्घाटन २०३३ सालमा तत्कालीन शिक्षा तथा उद्योग बाणिज्य मन्त्री डा. हर्क गुरुङबाट भएको हो । लमजु«ङ क्याम्पस खुलेपछि सुरुमा २०३३ साल देखि २०४० सम्म १ वर्षे प्रमाण पत्र र २०४१ देखि २०४७ सम्म जे.टी.ए. कृषि तालिम केन्द्र रहेको थियो । बि.स. २०४८ साल देखि २०५८ सालसम्म २ वर्षे प्रमाण पत्र तह कृषि कार्यक्रम संचालनमा रहयो । हाल कृषि स्नातक तहसम्म अध्ययन अध्यापन गरान्छ । कृषि क्याम्पसले चर्चेको जमीन ३२९ रोपनी रहेको छ । यहाँ आवास, कार्यालय, पुस्तकालय, छात्रावास, पशुपंक्षी गोठ आदि गरेर ४८ भन्दा वढी भवनहरु रहेका छन् । ७.२ राम जानकी मन्दिर यो मन्दिरका लागि वैदिक सनातन धर्म संरक्षणका निम्ति स्व. हर्क बहादुर अधिकारीले वि.स.१९८३ मा आवश्यक जग्गा उपलब्ध गराउनु भएको हो । राम जानकी मन्दिर कम्पाउण्ड भित्र हनुमानको मुर्ति, जानकी मन्दिर, चण्डि दुर्गा भगवती देवीको मूर्ति र प्रवचन हल रहेको छ । यहाँ हिन्दु धर्मावलीहरुलाई दैनिक पुजापाठ, योग शिविर, धार्मिक ज्ञानका निम्ति समय समयमा यज्ञयज्ञादी र प्रवचनको आयोजनागरिनुका साथै बिबाह पञ्चमी (राम जानकी बिबाह) का दिन बिबाह पर्व मनाइदै आईएको छ । ७.३ कर्मदा शिवजी मन्दिर पाउँदी स्थित मसर््याङ्दी (कर्मदा) नदीको किनारमा कर्मदा शिवजी मन्दिर रहेकोछ । बि.स. २०३० सालमा पाउदी निवासी बिस्नु प्रसाद गौलिलाई सपनामा शिवजिले दर्शन दियर मलाई पुजा गर्नु भनी भनेकोले नियमित ब्याक्तिगत पुजा गर्न थालियको हो । सो घट्ना भन्दा पहिला उत्तर तर्फ मोहोडा गरि शिव लिङ्ग आफै उत्पत्ती भएको ईतिहास छ । हरीसयानी एकादशिमा फुलको डोलि ल्याई मन्दिरमा पुजा अर्चना गरी मसर््याङ्दी नदि वार पार गरेर तोरण टाङ्नाले मनोकमना पुरा हुने भएकोले उक्त दिन फूलको डोली सहित पुजा गर्ने चलन रहेको छ । हाल उक्त मन्दिर परिसरमा १०८ फिट अग्लो शिवको मुर्ती तयार हुने क्रममा छ । ८.१ श्री चण्डि माई मन्दिर लमजुङे राजा नरेन्द्र शाह (राज्यकाल बि.स. १६९३–१७३३) का समयमा बि.स. १७१८ तिर चण्डिदेवीको शिला स्थापना भई पुजाआज हुँदै आएकोछ । पहिले चण्डीदेवीको शिला स्थापना भएको स्थान भन्दा केही तल बि.स. १९६९ मा ढोडसिङ निवासी घिमिरे खत्री वंशका जय बहादुरले चण्डीमाईलाई स्थानान्तरण गरी राणा सरकारको सहयोगमा मन्दिर निर्माण गरेको जनजिब्राबाट सुनिन्छ । पाटनको कृष्ण मन्दिर बनाउने शिप भएका कालीगढ झिकाई कलात्मक चण्डी मन्दिर निर्माण भएको थियो । पत्थरमा कुँदेर ढोका माथि नाग र ढोकाको दायाँबायाँ बाघको कलात्मक शिला राखिएको थियो । मन्दिरमा जय बहादुर लेखिएको एउटा ठूलो घण्टा पनि झुण्ड्याइएको थियो । चण्डिदेवीको दैनिक पूजा संचालन गर्न शाहवंशीय राजा नरराज शाह (बि.स.१७३३–१७९४) ले पितृ गुठीको व्यवस्था गरिदिएका थिए । अहिले वडा दशैं र चैते दशैंमा वर्षको दुई पटक पूजा हुने गरेकोछ । ८.२ श्री अकलामाई मन्दिर बि.स. १८०५ सालमा चुन पहरा कुँवर गाउँका वीरसिहं कुँवरले स्थापना गरेको मानिन्छ । चुन पहरा जंगलमा गाई चराउन जाँदा अपरान्ह गाई लिएर घर गोठमा फर्कने समयमा एउटा राम्रो गाई हराएछ । सो हराएको गाई चारैतिर खोजी गर्दा नभेटिए पश्चात् राति सपनामा “रातपाते रुखको वरपर छ, खोज्न जाउ भनी त्यहाँ एउटा शिला स्थापना गरी तिमिले पूजा गर” भन्ने सन्देश पाएर भोलिपल्ट त्यही ठाँउमा गाई भेटिए पछि विरसिंह कुँवरले सोही स्थानमा शिला राखेर भगवती अकला माईको नाउँमा पूजा अर्चना गर्दै आएको किम्बदन्त्ती छ । यस मन्दिरको संरक्षण वीर सिहं कुँवरका सन्तानले गर्दै आएका छन् । अकलामाईको मन्दिरमा भाकल गरि पूजा गरिएमा विपत्तिबाट मुक्त्त हुंदै इच्छा पूर्ण हुने र सुख समृद्धि प्राप्त हुने भन्ने जनविश्वास रहि आएको छ । ९.१ मध्य मसर््याङदी जलबिद्युत उत्पादन गृह जर्मन सरकारको आर्थिक सहयोगमा निर्मित ७० मेगावटको मध्य मसर््याङदी जलबिद्युत परियोजनाको बिद्युत उत्पादन गृह (पावर सहाउस) नगरपालिकाको सिउँडीवारमा रहेको छ । रन अफ रिभर अवधारणामा निर्मित मध्य मसर््याङदी जलबिद्युत परियोजनाको उत्पादन गृहमा २ वटा ३५ मेगावाटका टर्वाइन रहेका छन । यो बिद्युत गृह बि.स. २०५७ सालमा निर्माण सुरु भई बि.सं २०६७ सालबाट बिद्युत उत्पादन सुरु भएको हो । ९.२ समुः ता गुम्वा सुन्दरबजार नगरपालिकाको भोटेवडारमा रहेको यस गुम्वा यहाँका बुद्ध मार्गीका लागि एक महत्वपूर्ण स्थल हो । यस कलात्मक गुम्बा वि.स. २०४५ सालमा स्थापना भएको हो । धर्मोदय सभा मार्फत यहाँ बुद्ध धर्म ज्ञान प्रचार–प्रसार गरिन्छ । यहाँ बौद्ध ज्ञान, कर्मकाण्ड जस्ता विषयमा शिक्षा दिने काम गरिन्छ । ९.३ झोगछेन् ञ्ङ्मिा ज्याछोन् छोईलिङ गुम्वा भोटेओडार स्वागत सुधार टोल पहिरेमा रहेको एक सुन्दर बौद्ध गुम्वा “झोगछेन् ञ्ङ्मिा ज्याछोन् छोईलिङ गुम्वा” को स्थापना वि.स. २०५६ मा भएको हो । यस गुम्वामा बौद्ध ज्ञान र बौद्ध कर्मकाण्ड सिकाउँदै आएको छ । १ जना बौद्धलामाले यसै भवनमा बसि दैनिक पूजापाठ, साँझ बिहान आरति गर्ने परम्परा रहेको छ । आगामि दिनमा बौद्ध ज्ञान, संस्कार र संस्कृतीबारे ज्ञान बिस्तार गर्ने उद्देश्यलिे गुम्बाको निर्माण गरिएको हो । यस गुम्बामा कलात्मक मण्डलका चित्रकला समेत देख्न सकिन्छ । १०.१ धुसेनी कालिका देवी मन्दिर धुसेनी कालिका देवी मन्दिर धुसेनी गाउँको शिरमा रहेको एक धार्मिक सम्पदा हो । मन्दिर स्थानीय डिल बहादुर अधिकारी, हर्क बहादुर अधिकारी, ब्रर्ज बहादुर अधिकारीले वि.स. २०२८ सालमा स्थापना गरेका थिए । मन्दिर निर्माणका क्रममा जग खन्दा त्रिशुल, चिम्टा र स–साना माटाका भाँडा फेलापरेकाले पहिला कुनै समयमा यहाँ जोगीको वसोवास रहेको हुनसक्ने स्थानीयहरु अनुमान गर्दछन् । त्यस बेला फेला पारिएको त्रिशुल अहिलेसम्म मन्दिरमा राखिएको छ । मन्दिर स्थापना काल देखि नै वडा दशैंमा नवदुर्गा स्थापना गरि ९ दिन सम्म चण्डि पाठ गरिने गरिएको छ । १०.२ श्री हेशे होईतोङ बुद्ध गुम्बा धुसेनीको दुरा वस्ती रहेको कानेश्वाँरामा श्री हेशे होईतोङ बुद्धगुम्बा रहेको छ । उक्त्त गुम्वामा स्थानीय बौद्ध धर्माबलम्बी एवं दुरा जातीले नियमित दर्शन, पुजाआज, सरसफाई र संरक्षण गर्ने गरेको पाईन्छ । गुम्बा बौद्ध धर्मको संरक्षण, बौद्ध धर्म सम्वन्धी कर्मकाण्ड र ज्ञान दिने उद्धेश्य राखेर स्थापना गरएको हो । यहाँ २ जना लामाहरुको व्यवस्थापन गरि बिद्यार्थीहरुलाई बौद्ध ज्ञान पढाउने गरिन्छ । ११.१ सिन्दुरेढुङा सिन्दुरे तुलुङकोटको पश्चिमपट्टी रातामाटे डाँडामा एउटा मान्द्रो आकारको चेप्टो ढुङ्गा छ । कास्कीका राजा कुलमडलन खाँका कान्छा छोरा यशोब्रहमा शाहलाई खजेदुरा लगाएत पञ्चपूर्खाहरुले बोकी ल्याएर यसै ढुङ्गमा राखि सिन्दुर जात्रा गरेर लमजुङको राजा घोषणा गरि तुलुङ्गकोट गढीमा लगि राखेको इतिहासमा उल्लेख छ । वि.स.१५५० असार १५ गते का दिन देखि यसै ढुङ्गालाई सिन्दुरे ढुङ्गा भनिएको हो । यो पबित्र ढुङ्गाको प्रत्येक वर्ष पुस २७ गतेका दिन विभिन्न कार्यक्रम राखि वार्षिक उत्सव मनाउने गरिन्छ । ११.२ तुर्लुङकोट गढी सिन्दुरे ढुङामा सिन्दुर जात्रा गरेपछि सोही दिन यशोब्रम्हमा शाहलाई तुर्लुङकोट गढीमा राज्य रोहण गराईएको समयमा रानी ओडारमा सुरक्षा साथ राखिएकी कालु शाहकी रानी बसन्तवतीलाई तुर्लुङकोट ल्याईयो । यशोब्रम्ह शाहको राज्यरोहण समयमा वि.स. १५५० असार १५ गते आईतबार दशमी तिथिको बिहान ९ घडी २५ पला बित्दा सिंह लगनमा यशोब्रहमा शाहलाई तुर्लुङकोट गढीको राजा घोषणा गरिएकोे इतिहासमा उल्लेख गरिएको पाईन्छ । तत्कालीन समयमा घले राजाबाट खतरा भएकाले पुरानकोट लगि राजगद्दीमा राख्न सम्भव नभएकाले तुर्लुकोट राख्नु परेको थियो । केही समय पश्चात् घले राजा र उनिहरुको समूहलाई मारेपछि श्री महारानी र यशोब्रम्ह शाहलाई हर्ष उल्लासका साथ पुरानकोट लगि राजगद्दीमा राखी धुमधाम जात्रा गरेको इतिहास रहेको छ । वर्तमान समयमा तुर्लुकोटमा २४ से राज्यकालमा बनाएका चार किल्ला छन् जसलाई तुलुर््ङकोट गढी भनिन्छ । ११.३ तुर्लुङकोट कालिका मन्दिर लमजुङमा शाह बंशीय राजकुमार यशोब्रहमा शाहलाई राजा स्थापना गरेको वर्ष (वि.स. १५५० असार १५ गते) दुराडाँडा शिरमा रहेको तुर्लुङकोट कालिका मन्दिर स्थापना भएको थियो । कालिका देवि भगवतीलाई शाह वंशिय राजाहरुको इष्ट्र देवता मानिन्छ । तत्कालीन समयमा कास्कीकोटका महाराज कुलमण्डन खाँले लमजुङेलाई आफ्ना कान्छा छोरा यशोब्रहम शाहलाई लमजुङमा राजा बनाउन दिने क्रममा इष्ट्र देवी कालीका देवी भगवतीलाई पनि सँगै दिएर पठाएका थिए भन्ने भनाई रहेको छ । कालिका देवी भगवतीलाई त्यहाँका बासिन्दाहरुले त्यस समय देखि नै मन्दिर बनाई पूजाआज गर्दै आईरहेका छन् । बिजय दशमी, चैते दशैं र अन्य दिनमा समेत यस मन्दिरमा पञ्चवली दिने, भाकल गर्नेका साथै घुमघाम गर्न आउने जाने गरेको पाईन्छ । यस मन्दिरमा स्थापना काल देखि दुरा जातीको पूजारी रहेका छन् । यस मन्दिर समुन्द्री सतहबाट १५०० मिटर उचाईमा चारैतर्फ हरियाली जङ्गलको बिचमा अवस्थित रहेको छ ।
२.२ सांस्कृतिक उत्कृष्टता
दुरा जाती÷संस्कृती मिलनसार र सरल स्वभावका धनी अल्प संख्यक दुरा जातीको उदगम स्थल सुन्दरबजार नगरपालिकाको वडा नं ११ को सिन्दुरे हो भने दुरा जातीकै नामबाट दुराडाँडा नाम रहेको हो । पछि लमजुङ जिल्लाको सिन्दुरे, दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, नेटा, हाँडीखोला, कुन्छा, शिशाघाट आदि स्थानमा दुरा जाती वसोवास गर्दै आइरहेका छन् । दुरा जातीको आफ्नै भाषा भएता भने नयाँ पिंडीले आफ्नो भाषा कमै बोल्ने गर्दछन । दुरा जातीहरु हिन्दु धर्मालम्बी हुन भने सांस्कृतिक परम्परा तथा कर्मकाण्ड गुरुङ भाषासँग मिल्दोजुल्दो रहेकोछ । दुरा जातीको आफ्नै संस्कृती तथा मौलिकता हुनुको साथै परम्परागत नाच जस्तै ठाडो भाका, दोहरी, घाँटुनाच, सोरठी, कृष्ण चरित्र, चुट्का रहेको छ । कुुमाल जाती÷संस्कृती सिमान्तकृत आदिबासी जनजाती बर्गमा पर्ने कुमाल जातीको बसोवास वडा नं. २ र ७ मा रहेको छ । यस जातीको मुख्य चाड पर्व दशै, तिहार नै हो । माघे सक्रान्तीको दिनलाई यी जातीले विशेष महत्वका साथ माघी पर्वको रुपमा समेत मनाउँदै आएको पाईन्छ । कुमाल जातीको आफ्नै भाषा भेषभुषा भएता पनि हाल लोप हुँदै गएको छ । यो जातीको मुख्य नाँच, पाउँदुरे नाँच हो । भेष भुषामा पुरुषहरुको हकमा भोटो, कछाड, ईष्टकोट र टोपी हो भने, महिलाहरुको हकमा मुगियाको गुन्यो, मखमली चोली, पटुकी, पछयौरी र घलेक रहेको छ । यी कुमाल जातीले मंसिर पूर्णिमामा र बैशाख पूर्णिमामा आफ्नो कुल देवताको साथै आफ्ना ईष्टदेवलाई पुजा गरी खुशी बनाउछन् । कुमाल जातीबाट विशेषतः बैशाख पूर्णिमामा चण्डि देवताको पुजा गरिन्छ । सो पुजामा लोकल बुचो (सुँगुर) को बली दिईन्छ ।